नेपाल दलित मुक्ति माेर्चा मालारानी गाउपालिका स्तरीय भेला तथा प्रशिक्षण एमव समिति पुर्रगठन कार्यक्रम सम्पन्न

| २०७९ बैशाख ९ गते १७: १६ मा प्रकाशित

बाबूराम रसाइली,मालारानी।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति माेर्चाकाे मालारानी गाउपालिका स्तरीय भेला तथा प्रशिक्षण एमव  समिति पुर्रगठन कार्यक्रम सम्पन्न भएकाे छ । 

भेला नेपाल दलित मुक्त माेर्चा मालारानी गाउपालिका अध्यक्ष शिव परियारकाे अध्ययता, नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य तथा मालारानी गाउपालिका अध्यक्ष पदम क्षेत्रीकाे प्रमुख आतिथ्यता तथा नेपाल दलित मुक्तिमोर्चा प्रदेश समिति सदस्य तथा जिल्ला उपाध्यक्ष सन्जु नेपालीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएकाे हाे । 

भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि क्षेत्रीले माओवादी देशकाे व्यवस्था परिवर्तन गरेकाे पार्टी हाे, जनताकाे भावना बुझ्ने पार्टी हाे, विकासमा समृद्धि र दलित तथा सर्व साधारण जनतालाई राज्य सत्तामा अधिकार दिने एक मात्र पार्टी माओवादी केन्द्र भएकाे दावी गरेका छन् । क्षेत्रीले २०७४ सालकाे निर्वाचन यता  मालारानी गाउपालिकामा कहि कतै विकासकाे नाममा जमिन भत्काउने काम बाहेक कुनै विकासकाे नमुना कार्य नभएकाे र सबै साेझासाझा जनतालाई भ्रममा पारी भ्रष्ट काम गरेकाे  समेत आराेप लगाएका छन् । 

त्यस्तै नेपाल दलित मुक्ति माेर्चा लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष सन्जु नेपाली, नेपाल दलित मुक्ति माेर्चा जिल्ला सचिव तथा पार्टी मालारानी गाउपालिका ४ नं. वडा अध्यक्ष रामकृष्ण वि.क., पार्टी ७ नं. वडा अध्यक्ष मन बहादुर नेपालीले मन्तव्य राख्दै माओेवादी केन्द्रले ल्याएकाे व्यवस्थामा अन्य पार्टीहरुले रजाई गरे २४० वर्षे पुरानाे एकात्मक राज्य सत्तालाई परिवर्तन गर्नकाे निम्ति १० वर्षे जनयुद्ध  र एतिहासिक जनआन्दाेलनमा सबैभन्दा धेरै दलित, उत्पिडित वर्ग समुदायकाे महत्वपुर्ण भुमिका रहेकाे थियाे। त्यसैले दलित, उत्पिडित समुदायहरु भ्रमका पछाडि नलागि  परिवर्तनकारी, शैद्धान्तिक, बैचारिक आन्दाेलनमा एकढिक्का भएर अघि बढ्न आग्रह गरेका छन् । 

त्यस्तै भेलाले नेपाल दलित मुक्तिमोर्चाकाे कार्य समितिलाई पुर्नगठन गरेकाे छ । भेलाले शिव परियारकाे अध्यक्षतामा २७ सदस्यीय समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा प्रेम बहादुर परियार, बसन्ता नेपाली, सचिव देवीराम सुनार, सहसचिव कुमार नेपाली, काेषाध्यक्ष सुरज वि.क र सदस्यहरुमा सन्जु विक, सुरज नेपाली, प्रेम बहादुर नेपाली, माेहन परियार, केशव विक, रेम बहादुर परियार, भक्ति नेपाली, सावित्रा नेपाली, लक्ष्मण नेपाली लगायत २७ सदस्यीय पालिका समिति गठन गरेकाे हाे । उक्त भेला तथा प्रशिक्षण  कार्यक्रम वाईसीएल नेपाल मालारानी गाउपालिका सचिव चन्द्र नेपालीकाे स्वागत मन्तव्य र पार्टी मालारानी गाउपालिका सदस्य बाबुराम रसाईलीकाे संचालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्