नेकपा एसको तर्फबाट मालारानी गाउँपालिकाको अध्यक्ष पदमा पिताम्बर भुसाल

| २०७९ बैशाख १२ गते २१: ०० मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तह निर्वाचन, २०७९ का लागि एकीकृत समाजवादीबाट पिताम्बर भुसालले  उम्मेदवार मनोनयनपत्र दर्ता गरेका छन् । 

मनोनयनपत्र 

मालारानी गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तह निर्वाचन, २०७९ का लागि एकीकृत समाजवादीबाट पिताम्बर भुसालले  उम्मेदवार मनोनयनपत्र दर्ता गरेका हुन् । 

मालारानी गाउँपालिका वडा नम्बर  -५ बाँगी बजेरी निवासी  पिता इन्द्र मणि भुसाल माता निमि भुसालको चार छोरा मध्य कान्छो पिताम्बर भुसाल हुन । ३८ वर्षीय युवा नेता भुसाल ६ वर्ष विदेशको अनुभव लिएर जिल्लामै राजनीतिमा सक्रिय देखिन्छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्