मालारानी समाजवादिका वडा अध्यक्ष भुसाल द्वारा राजीनामा

| २०७९ बैशाख २७ गते १५: ०३ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेकपा एकीकृत समाजवादिका वडा अध्यक्ष गोपाल भुसालले नेकपा एस पार्टीबाट राजिनामा गरेका छ्न ।

मालारानी गाउँपालिका -७ का वडा अध्यक्ष गोपाल भुसालले एकीकृत समाजवादि परित्याग गरि नेकपा एमालेको तर्फबाट मालारानी अध्यक्षपदका उम्मेदवार दल बहादुर भट्टराईलाई सहयोग गर्ने घोषणा गरेका हुन । 

भुसालले भने चुनावको यस घडीमा पार्टी र गठबंधन भित्र इमानदारीता भन्ने शब्द रहेन , मेरै गाउँटोलमा आतंक मच्चाउन खोजियो गाउँनै खतरापूर्ण बनाएर भ्रम सिर्जना गर्ने काम भएकोले नेकपा एकीकृत समाजवादि पार्टी बाट राजिनामा दिएको हुम ।

प्रतिक्रिया दिनुहोस्