नेपालमा खुसी छ, सुख छैन पुन भन्दै बसन्त खड्का पुन: विदेश पलायन हुन बाध्य

| २०७९ जेठ २८ गते २३: २४ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । विदेशबाट फर्किएका मालारानी गाउँपालिका -५ बाँगी गोबदी निवासी समाज सेवि तथा मिहिनेती युवा बसन्त खड्का पुन पलायन हुन बाध्य भएका छ्न ।

विदेशबाट फर्किएर नेपालमा नै बाख्रा व्यवसाय सञ्चालन गरिरहेका युवा खड्काले नेपालमा फर्किएर व्यवसाय गरिरहँदा सुखी नभएको बताएका छन्। ४२ वटा बाख्रा , ३०० वटा कुखुरा पालेका ३३वर्षीय खड्का ३ वर्ष पछि पुन विदेश जान बाध्य भएका हुन ।

२०६१ सालमा भारतको दिल्ली ३ वर्ष जागीरे जीवन् बिताए । १० वर्ष कतार पछि ३ वर्ष गाउँमै व्यवसाय गर्दै आएका खड्का पुन कतार फर्किएका हुन्। कतार फर्किएको पनि छ महिना बितिसक्दा भनेजस्तो काम भनेजस्तो तलब नपाउदा दुख व्यक्त गरेका छ्न। 

देशको अमूल्य सम्पत्तिहरुमध्ये युवा शक्ति पनि एक हो। युवाहरू परिवर्तन, रूपान्तरण र विकासका संवाहक र राष्ट्र निर्माणका प्रमुख स्रोत हुन तर विडम्बना युवा भन्ने कथाकारको पात्र मात्र बनेका छ्न । 

युवाहरूको गुणात्मक र सङ्ख्यात्मक विकास र परिचालनले देशको विकास सम्भव हुन्छ। गाउँघरमा ठिक उल्टो हुदैछ । सानै उमेरमै कुखुरा पाल्ने बेच्ने अनि आफू ठुलो व्यवसायी भन्ने सपना खड्काको छदै थियो ।

नेपालको सन्दर्भमा रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप  प्रविधिमा न्यून पहुँच र युवा प्रति सरकारको चासो न्यून जस्ता कारणले युवाहरु बाहिरिएका पो हुन कि ? 

प्रदेशको धेरै ठाउँमा हेप्ने होच्याउने सानो काम र ठूलो काम भनेर वर्गीकरण गर्ने हुदैन जसको कारण युवा पलायन भएका पो हुन  कि? पलायन हुने को सङ्ख्या दिनहुुँ बढ्दै गएको छ । कारण के हो भन्ने जिज्ञासा आम युवामा छ । युवाहरूलाई रोक्न सकिएन भने समाज जिल्ला र देशले ठुलो क्षेतिको सामना गर्नुपर्ने देखिन्छ । 

 प्रदेश हुदा नेपालको माया कति हुन्छ व्याख्या गर्न सकिदैन आफ्नै काम गर्न अप्ठ्यारो मान्ने तर तिनै युवाहरु परदेशमा पुगेर सामान्य काम गरिरहेका हुन्छन्। खड्का भन्छन युवाका पिडा कतैबाट आएन झन- झन कडा पिडा भएर बाजिरहे ।  समाजसेवि को रुपमा पनि परिचीत  उनी आफ्नो तलब बाट दिनदुखीलाई सहयोग गरिरहन्थे ।

प्रतिक्रिया दिनुहोस्