अर्घाखाँचीको मालारानी र छत्रदेवमा ३ सय घरधुरीमा खानेपानी अभाव

| २०७९ भदौ २८ गते १४: ४७ मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका करिब ३ सय घरधुरीले प्रयोग गर्दै आएको खानेपानी नआएपछि खानेपानीको चरम अभाव भएको छ। 

छत्रदेव गाउँपालिका वडा नम्बर ७ र ८ तथा मालारानी गाउँपालिका-१ का स्थानीयले प्रयोग गर्दै आएको मरेङ्ग बेहोरो खानेपानी आयोजनाको खानेपानी बन्द भएपछि खानेपानीको चरम अभाव भएको हो। 

स्थानीय करिब ३ सय घरधुरीले प्रयोग गर्दै आएको खानेपानी आयोजनाले विद्युतको महशुल तिर्न नसकेपछि विद्युत् प्राधिकरण अर्घाखाँची शाखाले लायन काटेको हो। 

विद्युतको लाइन कटेपछि विगत ४ दिनदेखि गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीय जीवनराज आचार्यले बताएका छन्। source-annapurnapost.com 

प्रतिक्रिया दिनुहोस्