अहिलेको गठबन्धन पानीमा मट्टीतेल मिसाएर बल्छ भने जस्तै हो: चन्द्रबहादुर खड्का

| २०७९ कार्तिक २२ गते १५: ३० मा प्रकाशित

रबि पोख्रेल ,मालारानी। नेकपा एमालेका जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल) ले अहिलेको गठबन्धन पानीमा मट्टीतेल मिसाएर बल्छ भने जस्तै भएको बताएका छन्। 

मालारानी गाउँपालिका वडा नम्बर ४ खन लुटिपोखरीमा भएको आजको चुनावी प्रचारप्रसार कार्यक्रममा एमाले नेता खड्काले आफ्नो मन्तव्य राख्दै अहिलेको गठबन्धनले प्रतिगमनको रक्षाको लागि,संविधानको रक्षाको लागि लोकतन्त्रको रक्षाको लागि हामिले गठबन्धन गरेका हौँ भनेर नेताहरुले एजेन्डा बनाएर हिडेको बताए। 

साथै पुर्व प्रधानमन्त्री केपी ओली देशका जनताका अभिभावक रहेको बताएका छन्। खड्काले मालारानी गाउँपालिका वडा नम्बर ३ का जनताले स्थानीय चुनाब देखाएको लगाव र इमान्दारिताको खुलेरै प्रशंसा गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्