बाँगीको शान्ति माविमा कक्षा १२ द्धारा ११ लाई स्वागत कार्यक्रम सम्पन्न

| २०७९ मंसिर १३ गते १९: ३४ मा प्रकाशित

पुजा केसी ,बाँगी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५, बाँगी आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा कक्षा १२ मा प्राविधिक तथा साधारण धार तर्फ अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा प्राविधिक तथा साधारण धारमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्र.अ. मान बहादुर पाण्डेको अध्यक्षता, मालारानी गाउँपालिका वडा न ५ का वडा अध्यक्ष तुल्सिराम मिश्रको प्रमुख आतिथ्यता र विद्यालय व्यबस्थापन समितीका सदस्य हुम बहादुर महत, तुलसा कुवर र  विद्यालयका सहायक प्र.अ. माधव प्रसाद पन्थी, तारा प्रसाद भुसालको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । जसमा मनिशा खनाल, पल्पसा पाण्डे, संगिता खड्का, शृश्टि खड्का, अनुशा चुदाली, सुरज पाण्डे, बिपिका बस्नेत, बिना भुसाल,  सम्झाना वि.क. अन्जना खड्का लगायतको  गित र नृत्य प्रस्तुतीले कार्यक्रममा रोचकता थपेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा  विद्यालयका प्र.अ. मान बहादुर पाण्डेले कक्षा १२ का विद्यार्थीहरुले उक्त स्वागत कार्यक्रम आयोजना गरेको हुदा विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीको आन्तरिक क्षमना वृद्धि गर्नुका साथै विद्यार्थीहरु विच मित्रता, बिचार आदान प्रदानका साथ साथै सद्भाव अभिवृद्धी गर्ने काम भएको बताउनु भएको थियो ।  कक्षा यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको लागि लागि पर्नु पर्ने र विद्यार्थीले पनि विद्यालयको गुणस्तर कायम राख्न सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।  यस विद्यालयमा अध्ययन गरेर राज्यका हरेक निकायमा पुगेका सफल विद्यार्थी हरुको स्मरण गर्दै अब आउने दिनहरूमा पनि यस विद्यालयले राज्यको हरेक निकायमा चाहिने दक्ष जनशक्ति उत्पादनमा जोड दिने बताउनु भएको थियो ।

बाँगी आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालय

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा मालारानी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तुल्सिराम मिश्रले यो विद्यालय हरेक कुराहरुले  जस्तै अध्ययन अध्यापन, विभिन्न सास्कृतिक क्रियाकलाप , अतिरिक्त क्रियाकलाप जस्ता विषयमा अर्घाखाँची जिल्लाकै नमुना विद्यालय भएको र  देशमै उत्कृष्ट विद्यालय हुनका लागि गर्नुपर्ने कामहरु अझै धेरै रहेको र त्यसका निम्ति आवस्यक सहयोग गर्ने बताउदै स्वागत कार्यक्रम आयोजना गरेर आमन्त्रित गरि शुभकामना दिने मौका पाउदा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्राविधिक धार तर्फका संयोजक इन्जिनियर जिवन खनाल, शिक्षकहरु छविलाल घिमिरे, अशोक पौडेल, धनिराम भुसाल,  झविन्द्र खड्का, बसन्त खड्का, मुनाल खड्का,प्रदिप भुसाल,  प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ तर्फका प्रशिक्षक विकास कुँवर, रेशम भुसाल  लगाएत अन्य शिक्षक शिक्षिका हरुको उपस्थिति रहेको थियो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी  अनिशा खड्का र बिपिका बस्नेतको स्वागत मन्तव्य, कक्षा ११ मा अध्ययनरत विद्यार्थी बिप्सना भुसाल र प्रशान्त भुसालको धन्यवाद मन्तव्य  र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु मौसम रिजाल, बिद्या चौहान र सुजन आचार्यको संचालनमा सम्पन्न भएको विद्यालयका प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ तर्फका सब इन्जिनियर  जय बहादुर रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्