अर्घाखाँचीको सु-प्रसिद्ध मालारानी मन्दिरको प्रवेशद्वार निर्माण कार्य सम्पन्न

| २०७९ मंसिर २५ गते २३: २९ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। अर्घाखाँचीको सु-प्रसिद्ध मालारानी मन्दिरको प्रवेशद्वार निर्माण सम्पन्न भएको छ ।

मालारानी गाउँपालिका वडा न.६ निवासी स्व. सुबेदार जितमान राना (काउछा ) मगर र स्व.सुबेदार चन्द्रलाल राना ( काउछा) मगरको स्मृतिमा उनीहरुका नाति मिलेर उक्त प्रवेशद्वार निर्माण गरिएको हो ।आइतबार उक्त प्रवेशद्वारको एक कार्यक्रमकाबिच समुदघाट्न गरियो ।

मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेश भुसालको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा स्वर्गिय चन्दलाल राना कि श्रीमती पुबिकला राना, नापी कार्यालय कलङी काठमाडौका प्रमुख खिम बहादुर राना ,बिषेश नापी कार्यालयका प्रमुख डिल्लीराज भन्डारी,मालारानी गाउँपालिका स्थित वडा न. ३,४,५,८ र ९ का वडा अध्यक्षहरु डन्डपानी पोख्रेल, बिष्णु पोख्रेल, तुस्सिराम मिश्र, नरेन्द्र बस्नेत तथा महेन्द्रबाबू खनाल, मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष लोक बहादुर बस्नेत, मन्दिर ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष, मालारानीस्थिति विभिन्न बिध्यालयका प्राचार्य तथा ब्याबस्थापन समितिका अध्यक्षहरु, संचारकर्मी,स्थानीय लगायतको उपस्थित रहेको थियो ।

काउले सन्तानको रूपमा चितपरिचीत स्वगिय सुबेदारहरुले १९८३ सालमा स्थापना गरेको यस् मन्दिरलाई उनका छोरा तथा नातीहरुले स्तरउन्नति तथा मर्मत गर्दै आइ रहेका छ्न ।

प्रवेशद्धारा निर्माणमा करिब सात लाख रुपैयाँ लागत लागेको मन्दिरका अभियान्ता राजेन्द्र रानाले जानकारी गराए ।

उदघाट्न कार्यक्रम रेमलाल रानाको अध्यक्षता वीर बहादुर रानाको स्वागत मन्तव्य तथा राजेन्द्र रानाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्