सरस्वती महिला कृषक समुह बाँगी द्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

| २०७९ पौष १ गते १९: १४ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । सरस्वती महिला कृषक समुह बाँगीले मृगौला पीडित विनोद चौहानलाई आर्थिक सहयोग गरेको छ । मृगौला पीडित बालक चौहानको उपचारका लागि उदीयमान जनजागृति क्लबले सन्चालन गरेको आर्थिक सहयोग संकलन अभियानमा परोपकारी भावनाले अघि बढेर दस हजार आर्थिक सहयोग गरेको क्लबले जनाएको छ ।

 मालारानी गाउँपालिका वडा नम्बर- ५ बाँगी डडुवामा रहेर उद्यमशीलतामा उदाहरणीय कार्य गरेको भन्दै सरस्वती महिला कृषक समुहलाई जनजागृति क्लबले हार्दिक धन्यवाद समेत दिएको हो ।

 यो समाचार पढ्नुस : 

मृगौला रोगले पीडित बालक लाई बचाउन परिवारले अपिल गरेको छ । अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी निवासी गुमान बहादुर चौहानका छोरा मृगौला रोगको संक्रमणबाट पीडित भएपछि सहयोग जुटाई दिन परिवारले आग्रह गरेको छ । १४ वर्षीया विनोद चौहानको मृगौलाले काम गर्न नसक्नेभएपछि उनका परिवारले आर्थिक सहयोग जुटाई दिन सबैसँग आग्रह गरेका हुन् । 

गुनमान रोजगारीको शिलशिलामा भारतमा विगत ७-८ बर्ष देखि बेपत्ता रहेकोले परिवारको आर्थिक अवस्था कम्जोर भएपछि जीवन निर्वाह गर्न नसक्दा परिवारलाई दुईछाक टार्न सम्म समस्या देखिएको परिवारश्रोतले बताएको छ । हाल कान्तिबाल अस्पताल काठमाडौंमा उपचाररत छन् । डाक्टरका अनुसार उपचार चलिरहेको र खर्च धेरै लाग्ने संभावना रहेको बताएका हुन । मृगौला प्रत्यारोपण गर्नका लागि करिब २०/२२ लाख रुपैयाँ लाग्ने भन्दै सहयोगमा जुट्न उदीयमान जनजागृति क्लब बाँगीले आग्रह गरेको छ ।

सहयोगको लागी : Nanda Kumari Chauhan 
मेघा बैंकको खाता नम्बर:- 3090050025005

प्रतिक्रिया दिनुहोस्