मालारानीको डाँडाखर्कको एक गोठमा आगलागी हुँदा ५ लाखको क्षति

| २०७९ पौष १३ गते १३: १२ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ६ डाँडाखर्क एक गोठमा आगलागी हुँदा करिब  ५ लाख बराबरको क्षति भएको छ ।

 डाडाखर्क निवासी ददिराम अधिकारीको भाइ बुहारी सीता अधिकारीको गोठमा मंगलबार राति करिब १२ बजे एक्कासी  आगो लागि पूर्ण रूपमा नष्ट भएको छ।

एक दुहुनो भैंसी ३ ब्याउने बाख्रा जलेर मृत्यु भएका छन् ।आगो के कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भईरहेको समाजसेवि गङ्गा बिकले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्