श्री जनकल्याण साना किसान कृषि सहकारी सस्थां लि.को चौंथो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

| २०७९ पौष २० गते १९: ०८ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। श्री जनकल्याण साना किसान कृषि सहकारी सस्थां लि को चौंथो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन  मालारानी गाउँपालिका ४ र ५ खन मा सम्पन्न भएकाे छ।

मालारानी गाउँपालिका वडा न ४र ५ लाई कार्य क्षेत्र बनाएकाे जनकल्याण साना किसान सहकारि सस्थाकाे चाैथाे साधारण सभा तथा प्रथम अधिवेशन  सहकारिका अध्यक्ष मधु खनालकाे अध्यक्षता मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई काे प्रमुख आतिथ्यता मा सम्पन्न भएकाे छ।कार्यक्रम मा गाउपालिका उपाध्यक्ष  दिपा पाेखरेल, गाउपालिकाका पूर्व अध्यक्ष बालकृष्ण आर्चाय,जिल्ला समन्वय समिति सदस्य टुल्कादेवि आर्चाय,वडा न ४ का वडा अध्यक्ष बिष्णुप्रसाद पाेखरेल,५ न वडा का वार्ड सदस्य हुमबहादुर महत, कार्यपालिका सदस्य लिला बराल,जालकाडा बचत तथा ऋण सहकारि सस्थाका अध्यक्ष रामजीप्रसाद शर्मा ,सुुर्यकिरण महिला कृषि बहुउद्देश्यीय सहकारि सस्थाका अध्यक्ष सरस्वती खनाल लगायतको आतिथ्यता रहेकाे थियो ।

सहकारिमा जम्मा १५८समुहका १२९८ जना शेयर सदस्य रहनुभएकाे छ।हालसम्म सस्थाकाे जम्मा काराेबार ४ कराेड २लाख७८हजार ६ सय८२ असार मसान्तसम्म काे खुद नाफा१४ लाख७०हजार रहेको छ।

कार्यक्रम काे सचांलन सहकारिका प्रबन्धक राधा खनाल,स्वागत मन्त्ब्य सहकारिका उपाध्यक्ष  सुमित्रा  सुनारले गर्नुभएकाे थियो लेखापरीक्षण प्रतिवेदन अमृता पाेखरेल, सस्थाकाे प्रगति प्रतिवेदन सीता पाेखरेल ले प्रस्तुत गर्नुभएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्