मालारानी गाउँपालिका गाउँसभाकाे १४ औँ अधिवेशन सुरु

| २०७९ पौष २८ गते २०: ३४ मा प्रकाशित

पुजा केसी ,मालारानी। मालारानी गाउँपालिका गाउँसभाकाे १४ औँ अधिवेशन सुरु भएकाे छ।

मालारानी गाउँपालिका गाउँसभाकाे १४ औं अधिवेसन (हिउँदे/विधेयक) शुरू भएको छ । आजकाे लागि गाउँसभाका अध्यक्ष श्री दलबहादुर भट्टराईले १४ औँ  अधिवेशनकाे पहिलाे बैठककाे आह्वान गर्नुभएको थियाे । बैठकमा मालारानी गाउँपालिकाकाे संस्था दर्ता विधेयक-२०७९,  वातावरण तथा प्राकृतिक स्राेत संरक्षण विधेयक-२०७९ र स्वास्थ्य नीति-२०७९ सभामा पेश भइ  छलफल भएको साथै दफावार सैद्धान्तिक छलफलका लागि पुन: सर्वसहमत विधेयक समितिमा पठाउने निर्णय गरेकाे छ । 

साथै वडा नं. ८ का वडाअध्यक्ष श्री नरेन्द्र कुमार बस्नेत र वडा नं. २ का वडासदस्य श्री ताेमलाल बन्जाडे बिरामी भई उपचाररत रहनुभएकाेले उहाँहरूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्ने प्रस्ताव समेत पारित गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्