मालारानी गाउँपालिका को आग्रह : कि जागिर रोज्नुहोस कि राजनितीक पद छोड्नुहोस,अटेरी गरे पदबाट बर्खास्त गर्ने

| २०८० जेठ ३ गते १२: ३२ मा प्रकाशित

रबि पोख्रेल,मालारानी। अर्घाखाँचीको मालारानी गाउँपालिकाले राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुलाई राजनिती पदमा नबस्न चेतावनी दिएको छ । 

कर्मचारीहरु राजनितिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको गम्भिर प्रमाणहरु फेला पारेको भन्दै गाउँपालिकाले कारवाही गर्ने चेतावनी दिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले एक सुचना जारी गर्दै कर्मचारी पद वा राजनितिक पद मध्ये एक पद त्याग गर्न भनेका छन् । सबै कर्मचारीहरुको अभिलेख जम्मा गरिसकिएकाले ‘कि जागिर छोड्न कि राजनितीक पद छोड्न’ उनले निर्देशन गरेका छन् ।

यही जेठ ७ गते भित्र उनले दुई मध्ये कुनै एक पद त्यागेको निवेदन ल्याउन समय दिएका छन् । अटेरी गरे पदबाट बर्खास्त गर्ने, बर्खास्तको प्रक्रिया अँघी बढाउने वा नियमानुसारको कारवाही गर्ने उनले जानकारी दिए ।

सुचना पत्र 

 

प्रतिक्रिया दिनुहोस्