तनहुँमा प'हि'रो'ले पु'रि'एर एक महिलाको मृ'त्यु, एकजना बेपत्ता

| २०७८ असार २४ गते १४: ३९ मा प्रकाशित

२४ असार, तनहुँ । तनहुँकाे ऋषिङ गाउँपालिकामा पहिरोले पु'रि'एर एक महिलाको मृ'त्यु भएको छ । वडा नम्बर ७ दधिवनमा पहिरोमा पुरिएर ५२ बर्षीया देवीसरा थापाकाे मृ'त्यु भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

बिहीबार बिहानको प'हि'रोले उनको घर पुरिएको थियाे । दधिवनको ४ घर पनि पहिरोले पुरेको अध्यक्ष श्रेष्ठले बताए ।

ऋषिङ–८ माझकोटका पनि प'हि'रोमा पुरेर ४० बर्षीय खुमबहादुर थापा बे'पत्ता छन् । विहान साढे ५ बजे गोठमा जाने क्रममा प'हि'रोमा परी बे'पत्ता उनको खोजी कार्य जारी छ । 

यो समाचार अनलाइ खबर बाट साभार भएको छ। 

प्रतिक्रिया दिनुहोस्