युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने प'क्रा'उ

| २०७८ असार २४ गते १५: ०८ मा प्रकाशित

कास्की, २४ असार
युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा पोखरा महानगरपालिका-२७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले प'क्रा'उ गरेको छ । 

उक्त खलेहरुमा सट्टेबाजी भइरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्राट्सएप जस्ता अनलाईन मार्फत सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका-६ लेकसाईडस्थित होटलबाट पक्राउ गरेको हो । 

उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तरगत सट्टेवाजी गर्न नहुने कसूरमा ७ दिन  म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्