पाल्पामा ट्याक्टर दुर्घटना, चालकको मृ'त्यु

| २०७८ असार २७ गते १९: ५५ मा प्रकाशित

पाल्पामा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृ'त्यु भएको छ । आइतबार अपरान्ह जिल्लाको तिनाउँ गाउँपालिका–२ सिस्नेमा लु २ त २५३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३८ वर्षीय दुर्गाबहादुर गाहको मृ'त्यु भएको हो ।

गाहको च्यापिएर घटना स्थल मै मृ'त्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । गाह ट्रयाक्टरका चालक हुन् । दुर्घटनामा सोही स्थानका सहचालक ४२ बर्षीय एकबहादुर थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

स्रोत:- रातो पाटि 

प्रतिक्रिया दिनुहोस्