राष्ट्रपतिद्वारा आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभा अधिवेशन आह्वान

| २०७८ असार ३१ गते २०: ३१ मा प्रकाशित

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको सिफारिसमा आगामी साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

मन्त्रिपरिषद्‌को बिहीबार सिंहदरबारमा बसेको बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको थियो । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।

विज्ञप्ति

 

स्रोत:- कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्