एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष भन्छ- हामी छलफलमा सहभागी हुन होइन, रोक्नका लागि जान्छौं

| २०७८ सावन १ गते १२: ३० मा प्रकाशित

नेकपा एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसिरहेको छ।

प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए।

सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।
school

एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।

‘दोस्रो एजेन्डा पार्टीको विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्तावको कार्यान्वयन हो,’ ज्ञवालीले भने,‘१० बुँदे सहमति प्रस्तावलाई क्रमश: कार्यान्वयन गर्दै लैजानेबारे आजको बैठकमा छलफल हुन्छ।’

यसैबीच नेपाल पक्षले आजको बैठक रोक्न अनुरोध गरेको थियो। नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बिहीबार नै छलफल र परामर्श गरेर सहमतिमा बैठक राख्नु उपयुक्त हुने बताएका थिए। आफूहरूको असहमतिकै बीच बैठक राखे त्यसले पार्टी एकता प्रक्रियालाई सहयोग नगर्ने उनीहरूको भनाइ छ।

तर ज्ञवालीले नेपाल पक्षको आग्रहमा यसअघि नै बैठक स्थगित भइसकेकाले भन्दै आजको बैठक नरोकिने बताए।


नेपाल समूहका नेपाल भीम आचार्यले आफूहरू बैठकमा गए पनि छलफलका लागि नभएर बैठक स्थगित गर्न आग्रह गर्न जाने बताए। ‘हामी त्यहाँ जान्छौं तर छलफल गर्न होइन, बैठक रोक्नका लागि,’ आचार्यले सेतोपाटीसँग भने।

स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दै छ।

सर्वोच्चको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमालेका बैठकहरू बस्न लागेका हुन्। 

यसअघि १० बुँदे सहमति अनुमोदनका लागि असार २८ गते बैठक बोलाइएको थियो। तर नेताहरुबीचको सल्लाहमा स्थगित गरिएको थियो । संसदीय दलको बैठक नगर्न माधव नेपाल पक्षका नेताहरुले आग्रह गरे पनि ओलीले आजैका लागि बोलाएका छन्।

स्रोत:- सेतो पाटि 

 

प्रतिक्रिया दिनुहोस्