७७ किलो गाँ'जा'सहित सर्लाहीमा एक प'क्रा'उ, तीन जना फरार

| २०७८ सावन १ गते २०: ४१ मा प्रकाशित

७७ किलो गाँ'जा'सहित प्रहरीले सर्लाहीबाट एक युवालाई प'क्रा'उ गरेको छ।

प'क्रा'उ पर्नेमा हरिवन नगरपालिका-२ का ३० वर्षीय अशोककुमार लामा छन्।

हरिवन नगरपालिका-२ बाट बिहीबार साँझ लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले बताए।

हरिवन-२ अत्रौली खोलामा बा५२प १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा गाँ'जा फेला परेको बुढाथोकीले जानकारी दिए। लामासँगै रहेका अन्य तीन जना भने फरार भएको बुढाथोकीले बताएका छन्।

सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको गाँजा तस्करहरूले सर्लाहीको बाँके, लालबन्दी, नवलपुर, हरिवन र बागमती हुँदै भारत लैजाने गरेको प्रहरीले जनाएको छ।

स्रोत:- सेतो पाटि 

 

प्रतिक्रिया दिनुहोस्