निर्वाचन आयोगले दियो जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई

| २०७८ सावन ११ गते १७: ४३ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ ।

यादव समूहमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य रहेपछि निर्वाचन आयोगले सोमबार उक्त समूहलाई पार्टीको आधिकारिकता दिएको हो ।

पार्टीको आधिकारिकता दिनुअघि सोमबार जसपाको यादव समूह र महन्थ ठाकुर समूह गरि दुवै समूहलाई आधिकारिकताबारे आयोगमा डाकिएको थियो । त्यसपछि आयोगले ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जसपामा दुवै समूहको ‘हेड काउन्ट’ गरेको थियो।

आयोगमा जेलमा रहेका जसपाका नेता एवं निलम्बित सांसद रेशम चौधरी पनि आएका थिए । तर, पार्टी आधिकारिकतासम्बन्धी सनाखतका क्रममा उनी कतैतिर नलागी तटस्थ बसे ।

१ तटस्थ गरी ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए।

यादव पक्षमा बहुमत रहेपछि उक्त समूहलाई आयोगले पार्टीको आधिकारिकता दिएको हो ।news24 

प्रतिक्रिया दिनुहोस्