गुल्मी जीप दुर्घटना अपडेट: घाइते र मृतक सबैकाे पहिचान खुल्याे,केहिकाे अवस्था गम्भीर

| २०७८ सावन १३ गते १४: १८ मा प्रकाशित

गोकर्ण,पाण्डे,गुल्मी।गुल्मीमा जीप दुर्घटनामा परि मृत्यु हुनेकाे पहिचान खुलेको छ। जिल्लाकाे चन्द्रकाेट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरकाे जीप मुसिकाेट नगरपालिकाे दाेभानमा दुर्घटना भएको थियो।मृत्युु हुनेमा चन्द्रकोट ४ का ४५ वर्षका तेजेन्द्र थापा,चन्द्रकोट हरेवा वडा नम्बर ५ का रेशम कार्कि र रेसुङा नगरपालिका २ बाख्रेछेडाकी ६८ वर्षकी शुशिला वि.क रहेको गुल्मी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।

चन्द्रकाेट वडा नम्बर  ६ हरेवा बस्ने २० बर्षकी बिनिता परियार चन्द्रकाेट ८ मजुवा बस्ने ४५ बर्षका बम बहादुर बिक,चन्द्रकाेट ४ शान्तिपुर बस्ने ३९ बर्षका गगन क्षेत्री र चन्द्रकाेट ८ मजुवा बस्ने ४५ बर्षका सुनिल बिक लाई थप उपचारकाे लागि पाल्पा पठाइएको छ।भने उनी हरुकाे अवस्था गम्भीर रहेको छ। 

त्यस्तै ,समान्य घाइतेकाे तम्घास अस्पतालमा उपचार भै रहेको छ।चन्द्रकाेट ७ दमुका बस्ने २३ बर्षकी मुना भण्डारी रेसुङा नगरपालिका २ बस्ने २२ बर्षकी रमिला भण्डारी चन्द्रकाेट ७ रूपाकाेट का ३३ बर्षका गाेकुल भण्डारी रहेका  छन्।

जीप सडक बाट ५ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्