पूर्वमन्त्री टोपबहादुर रायमाझीद्वारा माओवादी केन्द्रमा फर्कन नचाहेको स्पष्ट: हामीले त्यो सांसद पदलाई त्यति धेरै महत्व दिएका थिएनौं’ (भिडिओसहित)

| २०७८ सावन १९ गते १४: ४७ मा प्रकाशित

काठमाडौं। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूहरु माओवादी केन्द्रमा फर्कन नचाहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

रायमाझीले आफूहरुले सांसद पदलाई त्यति धेरै महत्व नदिएको पनि उल्लेख गरे । उनले भने,‘हामी अदालत गयौं । त्यसको पछाडिको मुख्य कारण के हो भने हामी सबै मिलेर नेकपा बनाएका थियौं । प्रचण्डजी हामी सबैले नेकपा बनाईसकेका थियौं । प्रचण्डको सांसद नजाने अनि हाम्रो जाने कसरी हुन्छ ?’
स्रोत- रिपोर्टर्स नेपाल 

प्रतिक्रिया दिनुहोस्