गुल्मीमा २३ गते बाट कडा लकडाउन हुने,पसल हरु पनि बन्द

| २०७८ सावन २० गते २१: ५५ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी।जिल्लामा कोरोना संक्रमण दर बढेसँगै जिल्ला प्रशासनले साउन २३ गते राति १२ बजे बाट १ हप्ताकाे लागि कडा लकडाउन गरिने भएको छ।

समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर बढ्दै गइरहेको भन्दै कडा निषेधाज्ञा लागाउने निर्णय गरेको जिल्ला  प्रशासनले जानकारि दिएको छ।
प्रशासनका अनुसार लकडाउन अवधिभर सवारी साधन तथा पसलहरु पनि बन्द रहने बताइएको छ।त्यस्तै शिक्षण संस्था,धार्मिक स्थल, विभिन्न कार्यक्रम, सभासम्मेलन लगायत भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको छ। शैक्षिक सस्था बैकल्पिक बिधिबाट संचालन गर्ने बताइएको छ।लकडाउनकाे कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ।

यस अघि थप गरिएको निषेधाज्ञाकाे समय आज राति १२ बजे सकिदै छ।हाल गुल्मीमा काेराेना  सकृय संक्रमितकाे संख्या ४१६ पुगेको छ।भने दोस्रो काेराेना लहर का कारण गुल्मीमा ९२ जना ले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्