काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमप्रति पार्टीको पूर्ण समर्थन नरहेको स्पष्ट पारेको छ । पाँच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चा सरकारमा नभएका कारण साझा न्यूनतम कार्यक्रममा राजमोको नाम नसमेटिएको पनि मसालले स्पष्ट पारेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले मंगलबार वक्तव्य प्रकाशित गरी पार्टीको नीति पहिले ओली सरकारलाई दिएजस्तै समर्थन गर्ने र प्रतिपक्षमा बस्ने, गलत कामको संसदभित्र र बाहिर विरोध तथा भण्डाफोर गर्ने रहेको प्रस्ट्याउनुभएको छ ।
साझा न्यूनतम कार्यक्रममा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार तथा कोरोना नियन्त्रणसम्बन्धी प्रतिवद्धता सकारात्मक रहेको मसालको ठहर छ । सरकारमा सामेल दलहरूसँग गम्भीर मतभेद भएपनि केपी ओलीको प्रतिगमामी कदमविरुद्धको संघर्षमा भने समर्थन कायमै रहेको महामन्त्री सिंहले स्पष्ट पार्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्