गुल्मी मा ४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जना पुरुष पक्राउ

| २०७८ सावन ३० गते १८: २६ मा प्रकाशित

गुल्मी।गुल्मी मा ४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जना पुरुष पक्राउ परेका छन्।पक्राउ पर्ने जिल्लाकाे कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का ३६ बर्षीय पुरुष ले जबर्जस्ती करणी करण काे आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।घटनाको अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका र आराेपित पुरुषकाे नाम गाेप्य राखिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्