मालारानीको डाँडाकटेरीमा अनलाइन तिज गित र नृत्य प्रतियोगिता हुने

| २०७८ भदौ ६ गते १९: १८ मा प्रकाशित

गोकर्ण पाण्डे, गुल्मी। हिन्दु नारीको  महान पर्व हरितालिका तीजको अवसर पारेर नालिबेली मिडिया प्रा,ली अर्घाखाँची ,ए वान एचडि डिजिटल अर्घाखाचीँ र अमलाबोट अन्लाईन डटकम गुल्मीले संयुक्त रुपमा पहिलो पटक डाँडाकटेरी क्षेत्रमा अनलाइन मार्फत तिज गित नृत्य प्रतियोगिता हुने भएको छ । बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ अर्थात् कारोना भाइरसको जोखिमका कारण नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज हराउँदै गएको र नेपाली कला, संस्कृति , भााषा, , परम्परालाई जोगाइ राख्न कार्यक्रम आयोजना गरिएको नालिबेली न्युज डटकमका अध्यक्ष दिपेन्द्र खत्रीले जानकारी दिए ।

साना बालबालिका देखि वृद्ध उमेर समूहका महिलादिदि बहिनीलाई केन्द्रित गरी अनलाईनको माध्यमबाट तीज गित प्रतियोगताको पहिलो पटक डाडाँकटेरी क्षेत्रमा आयोजना गरिएको अमलाबोट अन्लाईन डटकम संचालक महेन्द्र कौशलले जानाकारी दिए । तीज गित र नृत्य प्रतियोगिता सहभागी हुन भदौ २२ बिहान १० बजे सम्म मात्र भिडियो पठाएर सहभागी हुन सकिने आयोजकले जनाएको छ । सहभागी हुन चाहाने प्रतियोगीले दिपेन्द्र खत्री र नालिबेली न्युज डटकमको फेसबुक पेजमा भिडियो पठाउन सक्नेछन् ।

प्रतियोगिताको नतिजा भदौ २६ गते बेलुका ५ बजे गरिने छ । प्रतियोगिताको छनोट नालिबेली न्युज डटकमको फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा आएको लाइकको आधारमा बिजेता घोषित गरिने ए वान एचडि डिजिटल का संचालक सुजन न्यौपानेले जानकारी दिनुभयो । प्रथम पुरस्कार ४ हजार , द्धितिय २ हजार  तृतिया १ हजार,सान्त्वना पुरस्कार ५ सयको  ब्याबस्था गरिएको छ । उक्त कार्यक्रम को प्रायोजक कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा,ली रहेको छ । प्रतियोगितामा गित संगितमा रुचि राख्ने सबै गित संगित प्रेमीले भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्