गुल्मीको निषेधाज्ञा भदौ २० गतेसम्म थपियो

| २०७८ भदौ ११ गते १५: २५ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी।कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि भदौ २० गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ।

समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ।यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। 

कोरोना संक्रमणको दर नघटेपनी लकडाउन भने खुकुलो बनाइएको छ ।जसमा जिल्लाभर पसल, बैक र बित्तिय संस्था बेलुकी ५ बजेसम्म खुल्ने भएका छन्।त्यस्तै होटलहरुपनि बेलुकी ५ बजेसम्म खुल्न पाइने भएको छ ।

भने निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गनतब्यमा पुग्ने गरी चल्न पाउने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ।त्यस्तै शिक्षण संस्था,धार्मिक स्थल, विभिन्न कार्यक्रम, सभासम्मेलन लगायत भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको छ। शैक्षिक सस्था बैकल्पिक बिधिबाट संचालन गर्ने बताइएको छ।संक्रमणको दर घटबढ भएमा जुनसुकै बेला  पुनरावलोकन गर्न सकिनेछ।

लकडाउनकाे कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ।यस अघि थप गरिएको निषेधाज्ञाकाे समय आज राति १२ बजे सकिदै छ।

प्रतिक्रिया दिनुहोस्