रिडी रुद्रबेणीसडक खण्ड अवरुद्ध

| २०७८ भदौ ११ गते १५: ३६ मा प्रकाशित

गोकर्ण पाण्डे ,गुल्मी । गए राती देखि अबिरल वर्षाको कारण गुल्मीको रिडी रुद्रबेणीसडक खण्ड अवरुद्ध भएको छ । सडक खण्डको साघुरेमा माथिबाट ढुङ्गा र माटो एकनास रुपमा खसेको कारण सडक अबरुद्र बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका प्रहरी सहायक निरीक्षक नम बहादुर थापाले जानकारी दिनुभयो।

पानी निरन्तर रुपमा परिरहेको र ढुङ्गा पनि झरिरहेको हुनाले पैदल यात्रा समेत नगर्न रिडीका ट्राफिक हवल्दार जगत खनालले आग्रह गर्नु भयो। सडक घाम नलागेसम्म खोल्न पनि नसकिने प्रहरीले जानकारी दिएकोछ । प्रहरीले सर्वसाधारण तथा यातायातका चालकहरुलाई वैकल्पिक सडको प्रयोग गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्