गुल्मीमा बिरामी चितुवाको उद्धार

| २०७८ भदौ १३ गते १४: १२ मा प्रकाशित

गोकर्ण पाण्डे , गुल्मी।गुल्मी जिल्लाकाे गाउँपालिका ५ वस्तुमा घाइते अबस्थामा भेटिएको चितुवाको उद्धार गरिएको छ।शुक्रबार देखि वस्तु नजिकै बसिरहेकाे चितुवाको शनिबार जिल्ला वन कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रताभ सापकोटा सहितकाे टाेलीले सहि स्थान बाट चितुवाकाे उद्धार गरेको हाे।

बुढो र बिरामी देखिने चितुवा मानिसलाई आक्रमण लगायतका गतिविधि भने गरेको थिएन । चितुवा १ दशमलव ५ मिटर लम्बाइ ६० सेमी उचाइ रहेको थियो ।

उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीमा उपचार गरेर राखिएको छ । चितुवा बुढो र बिरामी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्