आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने प्रकोप बढे संगै,गुल्मी वासीलाई सुरक्षित रहन् प्रशासनकाे आग्रह

| २०७८ भदौ २५ गते २१: ०० मा प्रकाशित

गोकर्ण पाण्डे ,गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै जिल्ला वासीलाई सुरक्षित रहन आग्रह गरेको छ ।

प्रशासनले शुक्रबार  सुचना जारी गर्दै नेपालका पहाडी भेगका विभिन्न स्थानहरुमा आखाँमा हुने एक प्रकारको डरलाग्दो रोग सापुको प्रकोप बढेको बताउदै जिल्ला वासीलाई सर्तकता अपनाउन आग्रह गरेको हो।यस पुतलीको प्रकोपबाट आखाँ सम्बन्धी गम्भीर किसिमका रोगहरु फैलने र आँखाको ज्योती समेत गुम्ने खतरा रहेको जानकारी गराउदै जिल्ला वासीलाई सचेत रहन अनुरोध गरेको छ । ग्रामिण क्षेत्रमा सेतो पुतली भनेर चिनिने सो किरा पछिल्लो समय जिल्लाका पश्चिम क्षेत्रका स्थानीय तहमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्