६६औं प्रहरी दिवस २०७८ को अवसरमा ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

| २०७८ असोज ७ गते १८: ०२ मा प्रकाशित

काठमाडौं, ७ असोज।६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । 

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. सुरज रानाको नेतृत्वमा १३ जना चिकित्सकको टोलीले उपत्यकास्थितका महिला प्रहरी कर्मचारीहरु, ट्राफिक प्रहरी कर्मचारीहरु र तिनका आश्रित बालबालिकाहरु समेत गरी २ बालक सहित १ सय ११ जना पुरुष र २ बालिका सहित ९२ जना महिला गरी जम्मा २ सय ३ जनाको स्वास्थ्य परीक्षण  गरेको हो । साथै परीक्षणको आधारमा आवश्यक औषधि समेत वितरण गरिएको थियो । 

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त आयोजनामा “महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बालबालिका सम्बन्धी रोगहरु र ट्राफिक प्रहरी कर्मचारीहरुको छातीको रोग सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम” अन्तर्गत उक्त परीक्षण गरिएको हो । 
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापा लगायत संघका पदाधिकारीहरु, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्