नेपाल स्वयंसेवक संघका संस्थापक केन्द्रीय अध्यक्ष खेमराज पाैडेल उदाहरणीय

| २०७८ असोज १४ गते १७: ४३ मा प्रकाशित

नेपाल स्वयंसेवक संघका संस्थापक केन्द्रीय अध्यक्ष खेमराज पाैडेलले असल समाजसेवी कसरी हुन्छन सबैलाई उदाहरणीय बन्नुभएकाे छ।

नेपाल स्वयंसेवक संघ छाेटाे समयमा जनताको माझमा बाेलेर हैन गरेर देखाउछ यसको उदाहरण सबैलाई सक्दाे सहयोगकाे अपिल गर्दै अनिता बि क बचाउ अभियान नै चलाउनु भएको छ- अनिता वि क बाणगंगा नगरपालिका वडा नं ८ चप्परगांउ कपिलवस्तु लुम्बिनी प्रदेश बस्ने झबिन्द्र वि क को श्रीमती लोक बहादुर वि क को बुहारी २ महिनाको सुत्केरी काठमाडौँ मेडिकल कलेज मा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठाइदिएको ७ दिन पछि पुन फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पताल (Magnolia) मा (Myasthenic crisis) रोगको उपचार गराइ रहेको जसको लागि धेरै नै रकमको आवश्यक पर्ने देखिएको र निजको आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दै मन्त्री, दर्जनौं समाजसेवी, जनप्रतिनिधि, पत्रकार, देश- विदेश सबैसंग समन्वय गरेर बचाउन लाग्नुभएको छ।

यस्तै समाजमा दुखी समस्या परेका लाई ७७ जिल्लामा संस्थाको विपत ब्यवस्थापन उपसमिति पनि छिट्टै बन्ने र प्रत्येक जिल्लामा सहयोगमा समन्वय गर्नेछ।

संघका संस्थापक भन्नुहुन्छ- सामज र राष्ट्रसेवालाई समाजसेवाकाे शिखर मान्छ र अब नेपालको एउटै मात्र बिकल्प यहि त हो।
देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ यसका २० विभागीय संगठन यसको उद्देश्य तथा लक्ष्यमा अग्रसर हुन स्थापना २०७६-५-१४ र विधिवत रूपमा दर्ता २०७७-४-२१ काठमाडौंमा भएको हाे। " नमस्ते पारव्रह्म नमस्ते परमात्मने सर्व हिताय नमस्तुभ्यम् स्वयंसेवकाय नमो नमः" विस्तारको क्रममा रहेको छ। मुलुकमा व्यक्ति, परिवार र समाजको सचेतना पूर्वक संगठित प्रयासले भोलिको सम्पन्नताको मार्ग तय गर्दछ। 

नेपालीहरूको सपना, देश र राष्ट्रको सपना हो । अर्काे शब्दमा नेपाली युवा तन्नेरीको सपना हो । युवाहरू क्रान्ति, निर्माण र सुधारको तीनै चरणका अपरिहार्य र महत्वपूर्ण इञ्जिन हुन् । युवाहरू आजको राष्ट्र समृद्धिका प्रतिनिधि हुन् । परिवर्तनका पहरेदार, संगठित शक्ति हुन् । हामी नेपाल राष्ट्रको विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिवद्ध छौँ । संविधानले मार्गप्रशस्त गरेको नेपाली जनताको परिवर्तनको चाहाना समाजवादी समाजको विकास हो । यसका लागि स्रोतसाधनमा जनताको पहुँच, समावेशी विकासमा प्रतिनिधित्वको साथै सामाजिक न्यायको स्थापनामार्फत भोक, रोग, गरीबी अन्धविश्वास, अशिक्षा, कुपोषणको अन्त्य गर्नु हाम्रा प्रमुख तथा महत्वपूर्ण एजेन्डा हो ।

स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाइ पलायन राेक्नु, बढ्दो महङ्गी भ्रस्टचार, बलत्कार , देश भित्र तथा बाहिर हुने घुसपैठ, कालोबजारी जस्ता गलत कार्यमा खबरदारी गर्नु यो संघको मुख्य कार्य हो र भूमिका मा हरेक सदस्य जागरुक रहेका छन्। । 
नेपाल स्वयंसेवक संघ नामबाट नै प्रष्ट छ कि अाफ्नै देशकाे सेवा गर्ने स्थायी रूपमा, अार्थिक, शैक्षिक, सामाजिक, खेलकुद लगायत सम्पूर्ण पूर्वाधारकाे विकास गर्ने उद्देश्यले स्थापना भएकाे थोरै समयमा पनि यसले आफ्नो स्वरूप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्म विराट संरचना खडा गर्न सफल भएको छ। जिल्ला तथा प्रदेशमा अन्तर्क्रिया कार्यक्रम निरन्तर चलेका छन् र समाजलाई सकारात्मक सोच बढाउन प्रयासरत छाैँ जुन समाजमा लुकेको छैन।
हामी जाग्नकाे लागि एकजुट भई राष्ट्र हितकाे लागि नीति समाजपाेषित बनाउने, महान् बुद्धकाे सद्ज्ञान, विश्व गगनमा फैलाउने र पुन: नेपाली माटोका विषयमा स्वर्णीम भाग्य लेख्ने मसी बनाउने लक्ष्य लिएर हिँडेका छौँ । 

यति मात्र नभएर स्वर्गकाे टुक्रा ठानिने नेपालकाे सांस्कृतिक, प्राकृतिक सम्पदाहरूकाे तिव्र विकास गरी अार्थिक क्षेत्रमा समेत उच्च स्थान हासिल गर्ने, यसकाे लागि हामी सबै एकजुट हुँदै छाैँ र बाँकी सबै हुनुहुनेछ भन्ने अाशा साथै भराेषा छ। हामी अाफैँ हाम्राे देश बनाउने छाैँ। 
आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति विकासका लागि र समाज परिवर्तन गर्न युवालाई लक्षित गरी अगाडि बढ्ने योजनामा नेपाल स्वयंसेवक संघ लागि परेको छ।

अहिलेसम्म हामी बायाँ सरने क्रममा रक्तदान कार्यक्रम, राहत, विपत ब्यवस्थापन, खबरदारी, वृक्षारोपण, सरसफाइ पहिलोपटक काठमाडौं जिल्ला समितिले पशुपतिनाथ मन्दिर बाट प्रारम्भ भएको र देशब्यापी ७७ वटै जिल्लामा सेवाकाे रूपमा गर्दै बृहत् संकल्प लक्ष्य भएकोमा राष्ट्रिय अध्ययन हेतु स्थानीय, प्रदेश सरकार तथा केन्द्रमा भेट्ने कार्य गर्याै र अब विभिन्न याेजना मध्ये कृषिक्षेत्रमा ७ वटै प्रदेशमा प्रारम्भिक चरणमा छाै अध्ययन हेतु कृषिमन्त्रालय काे सहजीकरणमा भैरहेको छ। 

राष्ट्रिय अध्ययन अनुसन्धान मेचीमहाकाली जागरण अभियान क्रममा अध्ययनअनुसार हामीले हाम्रो देशमा गर्नैपर्ने कार्यहरु:-

1. सुकुम्वासी र सडक मानिशको ब्यवस्थापन: घर बनाइदिने र खेती गर्न दिने वा विस्तारै कर तिरेर आफ्नो बनाउने।
2. सडक बालकको शिक्षा र आवासको ब्यबस्था।
3. भौतिक निर्माण, नगर महानगरमा प्रत्यक वाडमा प्रोग्राम हल, पुस्तकालय।
4. देशकाे सीमा निर्धारण गर्ने काम।
5. मानवस्रोत परिचालनमा युवाहरुलाई तालिम, कैदीहरुलाई काम, युवालाई विकासका लागी आर्मी बनाइ विकासमा लगाउने।
6. कर प्रणालीमा सुधार।
7. उध्योगको बिस्तार।
8. ब्यापक बृक्षारोपण फलफुल र काठ का लागि।
9. फोहरको प्रयोग गरी विजूली ग्यास मल बनाउने र वातावरणीय सरसफाइ।
10. बिदेशमा रहेका सक्षम र विविध विशेषज्ञहरुसगंको समन्वय।
11. सुरक्षामा नया प्रविधिको प्रयोग।

समाजमा लुकेका विभिन्न संभावनाका खोजी तथा पहिचान गरी कार्यान्वयन गर्न नेपाल स्वयं सेवक संघ सदा अग्र पङ्तीमा रहेर कार्य गरेको छ र गरिरहने छ।

प्रतिक्रिया दिनुहोस्