गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृ'त्यु, ६ जना घाइते

| २०७८ असोज २९ गते १४: ५६ मा प्रकाशित

 गोकर्ण पाण्डे गुल्मी । गुल्मी मा जिप दुर्घटना भएको छ।जिल्लाकाे रेसुङा नगरपालिका वडा नम्बर १०पाँचराते भन्ने स्थानमा दुर्घटना परेर तीन जनाकाे मृत्यु भएको छ मृत्यु हुनेमा मुसिकाेट नगरपालिका वडा नम्बर २ जलजले ७० वर्षका क्षेत्र बहादुर थापा,वडानम्बर ३ नेटा बस्ने १९ वर्षकी संगिता सुनार ४६ बर्षिया राधिका थापाकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताउनु भयो ।दुर्घटनामा परेर ६ जना घाइते भएको छन् । 

बुटवलबाट तम्घास तर्फ आउदै गरेको लु १ ज ४४९० नम्बरको जिप आफै अनियन्त्रित भई सडक देखि ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडानम्बर–२ जलजला बस्ने गाडी चालक २६ वर्षको कमल थापा ४३ वर्षकी खिमा थापा ३८ वर्षकी जुना थापा ३६ वर्षको राजु थापा वडा नम्बर–३ नेटा बस्ने ४७ वर्षकी सुमित्रा सुनार र चितवन जिल्ला भरतपुर उपमहानगरपालिक बस्ने ५० वर्षकी राधा के सी घाइते भएको प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो ।

 जिपमा सवार ९ जना घाइते मध्ये ३ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।अरु घाइते ६ जनाको अबस्था मध्यम रहेको र उनिहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्