प्रदेशसभा क्षेत्र नम्बर १ को सचीवमा उम्मेद्बारी दिने युवा नेता विशाल आचार्यको घोषणा

| २०७८ कार्तिक २९ गते १५: १६ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाका दुईवटा प्रदेशसभा( १ र २)मध्ये प्रदेश सभा क्षेत्र नम्बर १ कार्यसमितिको सचीवमा आफ्नो उम्मेद्बारी रहने युवानेता विशाल आचार्यले घोषणा गर्नु भएको छ।  बिद्यार्थीकाल देखि ने बि संघ हुँदै  नेपाली काङ्ग्रेसको राजनीति सुरु गर्नु भएका आचार्य अहिले पनि ने बि संघ जिल्ला कार्यसमिति अर्घाखाँचीको सदस्य तथा ने बि संघ सि टि ई भि टी प्रदेश पाँचकै सभापति हुनुहुन्छ । 

उहाँले आफ्नो जिवनकालमा पाँच नम्बर प्रदेशमै प्राविधिक तहका सम्पुर्ण बिद्यार्थीको नेतृत्व गरीसक्नु भएको छ । युवा नेता आचार्यले आफू १२ ओटै जिल्लामा नेतृत्व गरिसकेकाले जिल्लाको क्षेत्र नम्बर १ को सचिबमा आफू अब्बल रहेको बताउदै उक्त पदको लागि आफ्नो उम्मेद्बारी रहेको बताउनु भएको छ ।

साथै आचार्यले आफू पदिय हिसाबमा सचीवमा भन्दा माथी लडन सक्ने हैसियत भएको भएपनि तत्कालिन राजनीति गर्नु भएका अन्य अग्रजहरुलाई स्थान दिदै आफू लडने बताउनु भयो ।

तत्कालीन समयमा बाढीपहिरो जोखिम , बिद्यार्थीका समस्या , संगठन बिस्तार लगायत थुप्रै समाजिक कार्यमा आफ्नो अग्रसरता रहेको जनताले महसुस गरेको बताउनु भयो । जिल्लाको सितगङगा नगरपालिका , सन्धिखर्कका विभिन्न ठाउँहरु लगायत विभिन्न ठाउँमा राहत सहित जनताको घाउमा मलम लगाउन आफु तल्लीन रहेको र भोलिका दिनमा पनि अझै सक्रियताका साथ काम गर्ने बताउनु भयो । 

नेता आचार्यले अहिले काङ्ग्रेस भित्र युवाहरुको सङ्ख्यामा कम सहभागिता भएको हुँदा युवामैत्री काङ्ग्रेस बनाउन र पार्टी भित्र गुटबन्दी भन्दा पनि पार्टीलाई जनताको पार्टी बनाउन आफ्नो महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई छ । साथै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि तथा सुबेछ्छुकहरुले सहयोग गर्नुहुन पनि अनुरोध गर्दै आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्