नेकपा माओवादी केन्द्र गुल्मीको मुसिकोट नगर अधिवेशन मंसिर १० गते

| २०७८ मंसिर ७ गते २०: ५६ मा प्रकाशित

गुल्मी । नेकपा माओवादी केन्द्रं गुल्मीको मुसिकोट नगर अधिवेशन मंसिर १० हुने भएको छ । सो पार्टीका जिल्ला समन्वय समितिका सचिवालय सदस्य तथा मुसिकोट नगर कमिटीका अध्यक्ष खुमबहादुर थापाले दिएको जानकारी अनुसार मंसिर १० गते मुसिकोट नगरपालिका-१ थामडाँडामा नगर कमिटीको अधिवेशन हुने र प्रमुख अतिथीका रुपमा माओवादी केन्द्र गुल्मीका संगठन विभाग प्रमुख बुद्धि जिसीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

माओवादी केन्द्रको ईतिहासमा पहिलो पटक वडा अधिवेशनबाटै निर्वाचित भएर मात्र जिल्ला समन्वय समितिमा भिड्न पाईने छ । त्यसअनुसार माओवादी केन्द्रको यतिबेला चलिरहेको वडा अधिवेशनमा हालसम्म जिल्लामा प्रभावशाली नेता समेत वडा अधिवेशनमा भिडेका छन् ।

सोही अनुरुप अन्य पालिकामा जस्तै मुसिकोट नगरपालिकामा पनि अध्यक्ष पदका दावेदार धेरै जना देखिएका छन् । वर्तमान अध्यक्ष खुमबहादुर थापा , सचिव रहेका युवराज खरेल,सह सचिव दुर्गा बिक,हाल सम्म जिल्ला तहको नेतृत्वमा रहेका प्रेम बहादुर खड्कथोकी,ज्ञानेश्वर घिमिरे लगायतका जिल्ला नेताहरु अध्यक्ष पदका लागि दावी गर्ने देखिएको छ ।

पालिका कमिटीमा उपाध्यक्ष ३ जना र सचिव एक सहित ५ जना पदाधिकारी रहने र उनै ५ जना जिल्ला समन्व्य समितिमा आउने छन् । पदाधिकारीमा रोचक भिडन्त हुने देखिएको वर्तमान अध्यक्ष खुमबहादुर थापा बताउँछन् । उनी साविक नेकपा हुँदा समेत मुसिकोट नगर कमिटीका अध्यक्ष थिए ।

माओवादी केन्द्र मुसिकोटले यसपाली देशैभर अनलाईनमा क्रियाशिल सदस्यता ईन्ट्री गरेको छ । देशभर ८ लाख सदस्य संख्या पुर्याएको माओवादी केन्द्र गुल्मीको सदस्य संख्या यसपाली झण्डै दोब्बर बढेको सो पार्टीका लुम्विनी प्रदेश कमिटी कार्यालय सचिव तथा गुल्मी जिल्ला पार्टी ईन्चार्ज सुदर्शन बरालले जानकारी दिए ।

उनका अनुसार गुल्मीमा अघिल्लो निर्वाचन सम्म करिव ३ हजार ६ सय रहेकोमा यसपाली झण्डै ६ हजार क्रियाशिल सदस्यले अनलाईन मै सदस्यता ईन्ट्री गराएका छन् । जिल्ला पार्टी संयोजक बिरबहादुर कार्कीका अनुसार जिल्लाका १२ वटा पालिका मध्ये सबै भन्दा बढि सदस्य संख्या भएको पालिका धुर्कोट र चन्द्रंकोट गाउँपालिका बनेका छन् ।

धुर्कोट गाउँपालिकामा १ हजार २ सय २१ जनाले अनलाईनमा सदस्यता ईन्ट्री गरेका माओवादी केन्द्रका युवा नेता तथा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । त्यस्तै चन्द्रंकोटमा १ हजार २३ जनाले सदस्यता भरेको स्थानीयवासी तथा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी लुम्विनी प्रदेश कमिटी अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्