अनिता ले नयाँ जीवन पाईन

| २०७८ मंसिर ८ गते १२: ५५ मा प्रकाशित

नेपाल स्वयंसेवक संघको आयोजनामा सक्दाे प्रयासमा मायादेवी स्टेसन म्यानेजर समाजसेवी कुसल पत्रकार चन्द्रकान्त न्याैपाने सहजीकरणमा आदरणीय दिदी राज्यसभा सदस्य बिमला घिमिरे, संविधान सभासदस्य बलराम अधिकारी, प्रदेश सांसद बिष्णु पन्थी, इन्द्रेणी का संयोजक कृष्ण कडेल, नेपाल सरकार पुर्व सचिव भिम उपाध्याय, नवजीवन पराेपकार समाज अध्यक्ष दुर्गानाथ दाहाल, मानवसेवा आश्रम अध्यक्ष रामजि अधिकारी, साझा प्रयास अध्यक्ष रवि ठाकुर, लायन्स क्लब कपिलवस्तु, राेट्री कपिलवस्तु, विभिन्न दर्जनौं संघ संस्था, विभिन्न देश तथा विदेशबाट सहयोगि मनहरू तथा सम्पूर्ण सहयोगी ज्यु को साथले संभव भएको छ र अझै आवस्यकता परे सबैले रकम संकलनबाट बचाउने वचन दिनुभएको छ। मेराे ३१ वर्षको जिवनमा १० वर्ष बढि सामाजिक संस्थामा कार्यगर्दै २० बढि संघ-संस्थामा आबद्ध छु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा तर याे मेराे जिवनकाे पहिलो खुसीकाे अनुभुति भएको छ किनकि कसैको पुनर्जिवन मिलेको छ र अझै पनि केहि गर्न सक्छुकि भन्ने साहस आएकोमा याे सबै तपाईं हरूकाे सहयोगकोले हाे।

सहयोगी काेस सन्चालित अनिता बि क बचाउ अभियान मा अनिता वि क बाणगंगा नगरपालिका वडा नं ८ चप्परगांउ कपिलवस्तु लुम्बिनी प्रदेश बस्ने झबिन्द्र वि क को श्रीमती लोक बहादुर वि क को बुहारी २ महिनाको सुत‌्केरी काठमाडौँ मेडिकल कलेज मा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठाइदिएको ७ दिन पछि पुन फेरि उस्तै रोग बल्झिएर फेरि काठमाडौँको बासबारी न्युरो अस्पताल (Magnolia) मा (Myasthenic crisis) रोगको उपचार गराइ जसको लागि धेरै नै रकमको आवश्यक पर्ने देखिएको र निजको आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दै मन्त्री, दर्जनौं समाजसेवी, जनप्रतिनिधि, पत्रकार, देश- विदेश सबैसंग समन्वय गरेर संकलित रकम रू १२०००००/- १२ लाख करिब उठेको छ।बचाउका लागि उक्त रकम संकलन पर्याप्त भएको छैन । 

अहिलेसम्म २५ लाख करिब खर्च भएको छ। अझै ६ महिना डाक्टर कै निगरानीमा राख्ने खर्च अझै लाग्नसक्छ अझै सक्नेले सहयोग गर्नुहाेला पिडामा रहेको यो पिडित परिवारलाइ यो सहयोग रकमले केही भएपनि मलम पक्कै पनि लगाउने छ। समाजसेवी तथा सहयोगी मनका धनि पुगि पिडित परिबारलाइ सान्त्वना दिनु भएको छ भने दिनरात घाम पानी नभनि पिडित बैनी अनिता बचाउन दिन रात नभनी लाग्ने बचाउका लागि देश बिदेशबाट सहयोग गर्नुहुने सहयोगी मन र अनिता बचाउका लागि अभियान चलाई ठुलो सहयोग रकम उपलब्ध गराउनु भएको सबैलाई धन्यवाद।

पिडित परिबारको यो आशीर्वाद र धन्यवाद हामीलाई भन्दा पनि आफ्नो गांस कटाई सहयोग गर्नु हुने ती सहयोगी हातहरुलाई लागोस् किनकी हामी माध्यम मात्रै हो। हाम्रा यी मानव र मानव जीवन बचाउ अभियान सधैं जारी रहनेछन् हामीले गर्दा कसैको जीवन बच्छ भने हामीले गर्दा गरिबको चुल्हो बोेल्छ भने हामी कहिले पछि हट्ने छैनौं।फेरि पनि हृर्दय देखि धन्यवाद सम्पुर्ण सहयोगी मनहरुमा।

प्रतिक्रिया दिनुहोस्