बैंककमा उपचार नहुनेभएपछि चीन उडे वर्षमान पुन

| २०७८ मंसिर १० गते १७: १३ मा प्रकाशित

काठमाडौं, मंसिर १० । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि चीन उडेका छन् । पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा थप उपचार हुनेछ ।

जटिल प्रकृतिको जण्डिसबाट प्रभावित पुनले केहि समयपहिले बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएका थिए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला चीनको सेन्जेन उडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्