रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृ'त्यु

| २०७८ मंसिर ११ गते २१: १८ मा प्रकाशित

रुपन्देहिमा ट्रकको ठक्करबाट मोटर साइकलमा सबार बाबुछोराको मृत्यु भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने भैरहवाको बर्मेली चोकमा शनिबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका-४ का ५३ वर्षीय गीतानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नम्बरको ट्रकले खनाल सवार ग११प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

ट्रकको ठक्करबाट घाइते भएका दुबै जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको हो भने
ठक्कर दिने ट्रक र चालकलाइ प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्