नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघ कपिलवस्तुले पुर्व इकाई सभापति स्वर्गीय सरोज खनालको स्मृतिमा छात्रावृति वितरण

| २०७८ मंसिर १७ गते १८: १२ मा प्रकाशित

कपिलवस्तु। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघ कपिलवस्तुले पुर्व इकाई सभापति स्वर्गीय सरोज खनालको स्मृतिमा छात्रावृति वितरण गरेको छ । जिल्लाको बाणगंगा ५ मा अवस्थित झण्डा माबिका ७ जना बिध्यार्थीहरुलाई स्वर्गीय सरोज खनाल स्मृती अक्षय कोष बाट छात्रावृति बितरण गरिएको हो । सो बिध्यालमा अध्ययनरत गरिब तथा जेहेन्दार बिध्यार्थीलाइ ड्रेस ,एक दर्जन कपि, कलम एक प्याकेट, झोला र एक ओटा डिस्नेरि प्रति बिध्यार्थी प्रदान गरिएको थियो । ३ वर्ष अगाडि वाईक दुर्घटना बाट निधन भएका स्वर्गीय खनाल पिता जेदप्रसाद खनाल र माता डोलकुमारि खनालका जेठा छोरा थिए ।

कार्यकम्रमा स्वर्गीय खनालको फोटोमा टिका र माल्यापण गरि १ मिनेट मौन धारण गरिएको थियो । स्वर्गीय खनालका पिता जेदप्रसाद खनाले बिद्यार्थिहरुको हरुको उज्जवल भविष्यको लागि छोराले देखेको सपनालाई पुरा गर्ने उदेश्यले सो सामाग्रि वितरण गरेको र आफनो सानो सहयोगले विद्यार्थी हरुलाई राहत पुग्ने विश्वास व्याक्त गर्नु भयो ।

कार्यक्रममा नेविसंघ सरोज खनाल स्मृती अक्षय कोषका अध्यक्ष मिन थापाको अध्यक्षता , नेपाल तरुण दलका जिल्ला सचिव दिनेश क्षेत्रीको प्रमुख आथित्यता,स्वर्गीय खनालका वुवा जेदप्रसाद खनाल, विद्यालयका सह प्रधानाध्यापक किरण पन्थीको आतिथ्यता ,शिक्षक नारायण पौडेल , दर्गा प्रसाद आचार्य , कृष्ण प्रसाद न्यौपाने ,उमेश सापकोटा , ईन्दीरा आचार्य , नरेन्द्र सिहं , सारदा पौडेल ,खेमराज भट्टराई , विष्नु पौडेलको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन नेबिसंघ कपिलवस्तुका क्षेत्रीय सभापति चन्द्रकान्त पोखे्रलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्