बुटवलमा मोटरसाइकल दुर्घटनामा परी गुल्मीका कलाकार शोभाखर पन्थको निधन

| २०७८ माघ २ गते १३: ५१ मा प्रकाशित

बुटवल। मोटरसाइकल दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गुल्मी  छत्रकोट ३ निबासी शोभाखर पन्थ कलाक्षेत्रमा काम गर्दथे  । उनी  फोटोग्राफर समेत हुन्  । उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन्  ।

उनी सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो । उनी केहिसमयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्दथे  उनका १  श्रीमती र  १ सन्तान छन् ।

उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले  जानकारी दिएको छ । 
श्रोत - नागरिक अनलाइन

प्रतिक्रिया दिनुहोस्