जिल्ला प्रशासन कार्यालय गुल्मीकाे अत्यावश्यकबाहेकका सेवा बन्द

| २०७८ माघ १० गते १८: ४० मा प्रकाशित

गोकर्ण पाण्डे, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरुलाई सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुलाई सङ्क्रमण पुष्टि भएको र अन्यलाई समेत केही लक्षणहरु देखा परेपछि परेकाले माघ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयमा कार्यरत सहाक प्रमुख जिल्ला अधिकारीसहित, नागरिता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरता कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको प्रजिअ पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्