गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७० जनामा काेराेना संक्रमण पुष्टि

| २०७८ माघ १४ गते १९: ३१ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी । गुल्मीमा शुक्रबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार रुरुक्षेत्र गाउँपालिकामा २० जना,चन्द्रकोट गाउँपालिकामा १६ जना,कालिगण्डकी गाउँपालिकामा ८ जना,रेसुङ्गा नगरपालिकामा ७ जना,छत्रकोट गाउँपालिकामा ७ जना,गुल्मीदरबार गाउँपालिकामा ७ जना,धुर्कोट गाउँपालिकामा ३ जना र मालिका गाउँपालिकामा २ जना गरि ७० जना संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या५३५ जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्