गुल्मीकाे रेसुङ्गामा दोस्रो पटक हिउँ

| २०७८ माघ २१ गते १६: ५५ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी । बिहीवार रातिदेखि परेको पानीसँगै गुल्मीका उच्च पहाडी स्थानमा हिमपात भएको छ ।

जिल्लाका रेसुङ्गा, मदाने, सालिमेदहलगायतका उच्च पहाडी स्थानमा हिमपात भएको हो । गएको पुस महिनाको १५ गते रेसुङ्गामा ब्यापक हिउँ परेको थियो । यसवर्ष रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ ।


हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको छ। हिमपातभएसंगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको छ । जिल्लाको सदरमुकाम तम्घास देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ । अहिले सदरमुकाम तम्घास लगायतका आसपासका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ।


हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षा भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्