गुल्मीमा पछिल्लो २४ घण्टामा थप २८ जनामा काेराेना संक्रमण पुष्टि

| २०७८ फागुन २ गते २०: ४२ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी। गुल्मीमा थप २८ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षाण गर्दा २८ जना मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।

मुसिकाेट नगरपालिकामा ९ जना, गुल्मीदरबार   गाउँपालिकामा ७ जना,छत्रकाेट गाउँपालिकामा ४ जना,रुरु क्षेत्र गाउँपालिकामा ३ जना, रेसुंगा नगरपालीकामा २ जना, मालिका गाउँपालिकामा २ जना,र धुर्कोट गाउँपालिकामा १ जना गरि २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १८५  जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्