धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा

| २०७८ फागुन २३ गते १८: १५ मा प्रकाशित

गुल्मी । धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको छ । आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा र लुम्बिनी प्रदेशमा पहिलो भएको हो ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो। १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे नगरेको, असार मासन्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आ.व को बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे नगरेको विषयमा मूल्यांकन गरेको थियो ।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको थियो।

प्रतिक्रिया दिनुहोस्