गुल्मी बाट एमाले लाई जित्न नदिने: नेपाल

| २०७८ चैत १२ गते २१: ३८ मा प्रकाशित

गुल्मी।
चैत १२- जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गुल्मीमा एमालेलाई जित्न नदिने बताएका हुन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन एकीकृत समाजवादीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई केही दिन जिल्लामा बसेर काम गर्न अध्यक्ष नेपालले निर्देशन दिए । ‘जसरी राजतन्त्र हटाउन आन्दोलनमा उत्रिएका थियौं, अब ओली प्रवृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं
नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्