रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रका उम्मेदवार सिफारिस

| २०७९ बैशाख ५ गते १८: ३१ मा प्रकाशित

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस गरेको छ ।

गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुने सर्तसहित उम्मेदवार सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले बताएको छ ।

अध्यक्षमा सिफारिस भएकाहरु सबै नयाँ अनुहार छन् । माओवादी केन्द्रले चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी कुमारी शर्मालाई सिफारिस गरेको छ । त्यस्तै आठविसकोट नगरपालिका प्रमुखका रवि केसी र उपप्रमुखका लागि धनकुमारी शाही सिफारिस भएका छन् । मुसिकोट नगरपालिका प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का सिफारिस भएका छन् ।

त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्ष कमला रोका पुन सिफारिस भएका छन्। त्रिवेणी गाउँपालिकामा अध्यक्ष गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले सिफारिस भएको माओवादीका एक नेताले बताए ।

त्यस्तै बाँफीकोट गाउँपालिकामा अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसी सिफारिस भएा छन्। जिल्ला समन्वय समिति प्रमुख पदको लागि भने महिला उम्मेदवार बनाउने निर्णय भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्