पल शाह प्रकरणमा गायिकाका बाबुले पनि फेरे बयान

| २०७९ बैशाख ६ गते १७: ४९ मा प्रकाशित

काठमाडौं ।कलाकार पल शाहमाथि कर णीको आरोपमा जाहेरी दिने बालिकाका बाबुले बाबुले पनि बयान फेरेका छन् ।

जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् ।

२ दिन अगाडि पीडित नाबालिकले आफूलाई पलले कर णी नगरेको बताएकी थिइन् । यताा पीडितका बुबाले पनि आफूले सुनेको भरमा जाहेरी दिएको तर नदेखेको वयान अदालतमा दिएका छन् ।‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

नाबालिक गायिकाले आफूलाई कर णी गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा उजुरी दिएपछि नायक पल शाहले फागुण १५ गते प्रहरीसमक्ष आ’त्मसर्मपण गरेका थिए । शाह विगत डेढ महिनादेखि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्