धुर्कोटमा महेन्द्र भण्डारी गाउँपालिका प्रमुखमा सर्वसम्मत

| २०७९ बैशाख ७ गते १५: ४२ मा प्रकाशित

बुटवल। नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष  एबम  महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका छन । 

आज बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरि बहादुर थापाले जानकारी दिए । 

पालिका सभापति संगको संक्षिप्त कुराकानिमा थापाले - ` महेन्द्र भण्डारी कांग्रेसका निमित्त आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र बिकासमा उनले दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले  सर्वसम्मत निर्णय गर्यौँ । ´ 

भण्डारी कांग्रेसमा मात्र नभई अन्य दलसंग पनि लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन । निरन्तर राजनीतिमा सकृय भण्डारी स्थानिय र  राष्ट्रिय स्तरमा राम्रो माओल बनाएका नेता हुनँ । 

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्