नेपाल सरकारद्वारा हप्ताको दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय

| २०७९ बैशाख १४ गते १४: ५२ मा प्रकाशित

काठमाडौं । शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक बिदा जेठ १ गतेदेखि लागू हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्